महिन्द्रा टु व्हीलरको नयाँ वर्ष केन्द्रित उपहार

Image

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

महिन्द्रा टु–व्हीलर्सको आधिकारिक वितरक अग्नि मोटो इन्कले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै ‘नयाँ वर्षमा यसपाली, स्त्र्mयाच् गरौं दुईताली’ नामक रोचक योजना बजारमा ल्याएको छ।
यस योजना अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४ सय प्रतिशतसम्म क्यासब्याक बोनसको अवसर रहेको छ। हरेक खरिदमा पाउने स्त्र्mयाच कार्डमा दुई पटकसम्म स्क्र्याच गर्न सकिने व्यवस्था छ।
पहिलो स्क्र्याचमा  ग्राहकले १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४ सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर दिइने कम्पनीले जनाएको छ। यस योजनासँगै महिन्द्रा टू व्हीलर खरिद गर्ने ग्राहकहरुका लागि यो नयाँ वर्षमा थप उत्साह भरिने कम्पनीको विश्वास छ।