टेलिकमको मोबाइलबाट सरकारी डोमेन निशुल्क चलाउन पाइने, साढे पाँच सय वेवसाइट चलाउँदा पैसा नलाग्ने

Image

आर्थिक समाचार

वैशाख १२ ,काठमाडौँ।

नेपाल टेलिकमले  सरकारबाट संचालित डोमेन मोबाइलबाट निशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरेको छ।
टेलिकमले वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ डोमेन निशुल्क प्रयोग गर्न पाउने जनाएको छ। यो व्यवस्थासँगै करिब साढे पाँच सय वेवसाइट मोबाइलबाट निशुल्क प्रयोग गर्न पाइनेछ।कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो।
कम्पनीकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जिएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रुपमा ब्राउज गर्न सकिने जानकारी दिर्इन्।