छ उपसूचक बढे पनि बैंक र हाइड्रोपावरको कारण शेयर बजार ओर्लियो, कारोबार रकम फेरि अर्ब माथि

Image

आर्थिक समाचार

वैशाख १२ ,काठमाडौँ।

 कारोबारमा आएका नौ समूहमध्ये छ वटा बढे पनि बैंकिंङ, जलबिद्युत र अन्य उपसूचकका कारण शेयर बजार ओरालो लागेको छ।
आइतबार उच्च अंकले बढेको बजार त्यस यताका दुबै दिन घटेको हो। मंगलबार नेप्से परिसूचक ३.४० अंकको गिरावट सँगै १६७२.३८ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४ अंकले घटेर ३५९.३६ अंकमा ओर्लिएको छ।
सोमबार कारोबार रकम अर्ब रुपैयाँ तल आएकोमा मंगलबार फेरि उकालो लागेको छ। मंगलबार १४७ कम्पनीका १४ लाख १५ हजार कित्ता शेयर एक अर्ब १३ करोड रुपैयाँमा खरीद बिक्रि भए। कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको शेयर किनबेच भयो। कम्पनीको नौ करोड ९४ लाख रुपैयाँको कारोबार भएको हो। कारोबार रकमकै आधारमा प्राइम लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रह्यो। उक्त कम्पनीको आठ करोड ४२ लाख रुपैयाँको शेयर खरीद बिक्रि भएको छ।
तिब्र उतार चढाव देखिएको बजारमा मंगलबार ट्रेडिङ २.१, होटल २१.७१, बिकास बैंक ०.४६, फाइनान्स ३.०१, इन्स्योरेन्स ५१.७३ र उत्पादनमुलक उपसूचक ०.३७ अंकले बढेका छन्। बैंकिंङ ८.४२, जलबिद्युत ८.५२ र अन्य उपसूचक १.७४ अंकले घट्दा बजार ओर्लिएको हो।
मंगलबार सबैभन्दा बढी स्वावलम्बन बिकास बैंक, ललितपुर फाइनान्स,राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर धनीले करिब १० प्रतिशत कमाएका छन् भने पोखरा फाइनान्सका शेयर धनीले सबैभन्दा बढी करिब ७ प्रतिशत गुमाएका छन्।