चीनमा फोरजीमा आकर्षण, तीन महिनामा ६ करोड फोरजी चलाउने थपिएर ८३ करोड पुगे प्रयोगकर्ता

Image

आर्थिक समाचार

वैशाख १४,चीन।

चीनमा पछिल्लो समय ‘फोर–जी नेटवर्क’ प्रयोग गर्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयका अनुसार तीन महिना पहिला ७७ करोड व्यक्तिले प्रयोग गर्ने गरेको उक्त नेटवर्क प्रविधि प्रतिको आकर्षण बढ्दै गएका कारण मार्चसम्म आइपुग्दा थप ६ करोडले चलाउन थालेका छन् ।
पछिल्लो समय आधुनिक प्रविधिप्रतिको मोहका कारण नागरिकले प्रयोग गर्दै आएका सेवालाई चुस्त र दुरुस्त राख्न चिनियाँ फोर–जी प्रदायक कम्पनीले उनीहरुका डाटामा पनि थप गरेका बताइएको छ ।
पहिलो त्रैमासिकलाई मुल्याङ्कन गर्दा चिनियाँ फोर–जी प्रयोगकर्ताले प्रति महिना सरदर १.२८ गिगाबाइट डाटा प्रयोग गरेका बताइएको छ । सन् २०१६ को सोही समयमा सरदर एक गिगाबाइट प्रतिव्यक्ति प्रति महिना प्रयोग हुने गर्थ्यो ।