डलरको भाउमा अमेरिकी चुनावको प्रभाव: ११९ रुपैयाँमाथि पुग्यो डलरको भाउ

Image
A photo illustration show the US Dollars in Buenos Aires, Argentina, on October 16, 2019. (Photo illustration by Carol Smiljan/NurPhoto)

 अमेरिकी चुनावको प्रभाव मुद्रा विनिमय बजारमा देखिएको छ। रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प कमजोर रहेको सर्वेक्षणहरु आउन थालेपछि डलर बलियो बन्दै गएको छ। अमेरिकालगायत संसारभरका सेयर बजारमा पनि उछाल देखिएको छ।

बुधबार एक अमेरिकी डलरको भाउ ११९ रुपैयाँ ३६ पैसा  पुगेको छ। अघिल्लो दिन ११८ रुपैयाँ ८७ पैसा थियो। डलरको भाउ अझै बढ्ने अनुमान गरिएको छ।

डलरसँगै अन्य देशका मुद्राहरु पनि बलियो बन्दै गएका छन्। खासगरी नेपाली रोजगारीका लागि पुग्ने खाडी मुलुकको मुद्रा पनि केही समयदेखि बलियो बन्दै गएको छ।

डलर बलियो हुँदा विदेशमा रहेका नेपालीलाई रेमिटेन्स पठाउँदा फाइदा हुन्छ। आयातित सामानका लागि भने नेपालीले बढी पैसा तिर्नु पर्ने हुन्छ।