डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

Image

काठमाण्डौ । डिशहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ।

गत असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए। कात्तिक १७ गते बुधबार गरिएको लक्की ड्रमार्फत प्रभु टीभी जडान गर्ने काठमाण्डौका ध्रुव कार्की (CasID 2549606982) र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई (CasID 02564177952) छानिएका हुन्।

यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो। विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।

यो “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अझै पनि डिशहोम, प्रभु टीभी, सिम टीभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ।