राहदानी विभागको नयाँ भवनको नक्सा पास नगरी भवन बनाएको

Image

राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको काठमाडौं महानगरपालिकाले बताएको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो ।

कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागका एक अधिकारीले जानकारी दिए । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्माण गरेको थियो ।