आगामी निर्वाचनमा खटिने म्यादी प्रहरीको तलब कति ?

Image
kf]v/f, !@ j}zfv . :yfgLo txsf] lgjf{rgsf] nflu kf]v/fsf] lgjf{rg clws[tsf] sfof{no kl/;/df ;'/Iff lbFb} DofbL k|x/L . t:jL/ M /flwsf sF8]n, /f;;

सरकारले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ। यसअघि स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो।

उनीहरूका लागि कूल रु पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ। कूल ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर झण्डै रु ५० हजार हाराहारी तलब प्राप्त गर्नेछन्। यसपटक दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ।

म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन्। सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा रु ४९ हजार दुई सय ६० तलब प्राप्त गर्नेछन्। हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ।

म्यादी प्रहरीले तलब मात्रै रु ३४ हजार सात सय ६० प्राप्त गर्नेछन्। त्यसका अलावा रासनवापत रु सात हजार २०० पाउने छन्। तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्ने हुँदा केही थपिने छ। पोशाकका लागि रु छ हजार रुपैयाँ पाउने छन्।