निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको तेस्रो दिनको बयान सुरू

Image
Cholendra Shumsher Rana, proposed chief justice of Supreme Court brief about himself to Parliamentary Hearing Special Committee (PHSC) meeting during the parliamentary hearing at Singhadurbar in Kathmandu on Sunday, December 30, 2018. Photo: Dipesh Shrestha/Nagarik/Republica

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको छ ।

बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित भएका हुन् । सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ ।
जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए ।

त्यससँगै निलम्बनमा रहेका जबराले बयानका क्रममा महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् ।