डडेल्धुरामा सर्पको टोकाइबाट एकजनाको मृत्यु

Image

डडेल्धुरामा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जितेन्द्र ओखेडा छन्।

बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि जितेन्द्र आफैंले सर्प मारेर फेरि ओछ्यानमा सुतेका थिए। तर, एक्कासि विषले असर गरेपछि उनलाई वैद्यकहाँ लगिएको थियो।

त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ। ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए।