विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी

Image
Deputy Prime Minister and Defence Minister Bijay Kumar Gachhadar speaks about induction process of Madhesi community people in Nepali army during press meet organized at Defence Ministry hall Singhadurbar on Friday, 23 December 2011. Photo: Bijay Rai/ Nagarik/Republica/

कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। काठमाडौंका एक युवाले सुनसरी क्षेत्र नं। ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा आज ९सोमबार० उजुरी दर्ता गरेका हुन्।

काठमाडौं ७ का विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी दिएको हुन्। आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन क्षेत्रमा उजुरी पठाउन निर्देशन दिएका थिए।

आयोगले हिजो आइतबार उम्मेदवारी दर्ता गराएकाहरुविरुद्ध आज उजुरी आह्‍वान गरेको थियो। सोहीअनुसार ललितानिवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै ती युवाले उजुरी दर्ता गराएको छन्।

गच्छदारलाई वि।सं।२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएका थिए। ‘विजयकुमार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हो। कानुनतः गच्छदारले चुनाव लड्न पाए तापनि निष्कलंक, स्वच्छ र नैतिकवान उम्मेदवार पाउनु जनताको पनि अधिकार हो।’ उजुरीमा भनिएको छ।

प्राप्त उजुरी अध्ययन गरी छानविन गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।