सुनचाँदी बजार : सुन प्रति तोला ६ सय बढ्यो, चाँदीमा २० रुपैयाँको बढोत्तरी

Image

साताको पहिलो दिन सुनचाँदी दुवैको कारोबार मूल्यमा बढोत्तरी छ। गत शुक्रबारका तुलनामा सुन तोलामा ६ सय बढेको छ भने चाँदीमा २० रुपैयाँ बढेको छ।

आइतबार सुन प्रति तोला १ लाख १९ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिनका तुलनामा तोलामा २ सय रुपैयाँ घट्दा बिहीबार कारोबार मूल्य प्रति तोला १ लाख १८ हजार ३ सय रुपैयाँ भएको थियो।

चाँदीको कारोबार मूल्य तोलाको १४ सय २० रुपैयाँ भएको छ। गत बुधबार र बिहीबार १४ सय १० रुपैयाँमा स्थिर थियो। शुक्रबार १० रुपैयाँ घट्दा तोलाको १४ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्य केही बलियो भएको छ। सुन प्रति औंस २०४८.९९ डलरले कारोबार भइरहेको छ। यो एकै दिन २२.०६ डलरको बढोत्तरी हो। चाँदी २३.१९ डलर प्रति औंस भएको छ।