अमेरिकी डलर सटही दर स्थिर

Image
A photo illustration show the US Dollars in Buenos Aires, Argentina, on October 16, 2019. (Photo illustration by Carol Smiljan/NurPhoto)

काठमाडौं। नेपाली बजारमा अमेरिकी डलर सटही दर स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको विनिमय दर सोमबारकै यथावत् राखेको हो। मंगलबारका लागि अमेरिकी डलर १ को नेपाली खरिद दर १३३ रुपैयाँ १९ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ।

त्यस्तै युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ १४ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ७९ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ। युरोको सटही दर सोमबारको तुलनामा सामान्य बढेको राष्ट्र बैंकले जानकारी दिएको छ। यसअघि सोमबार युरो १ को नेपाली खरिद दर १४३ रुपैयाँ ९४ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको थियो।

ex-1711415622.JPG