ब्रिटिस कलेजले फेरि आयोजना गर्‍यो अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम

Image

द ब्रिटिस कलेज ९टिबिसी०ले यस पटक पनि अन्तर्राष्ट्रिय ुस्टुडेन्ट एक्सचेन्जु कार्यक्रमको आयोजना सम्पन्न गरेको छ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टिबिसीले युकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी ९एलबीयु०का विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो ।

मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबियुका आठ जना विद्यार्थीहरुसँगै टिबिसीका विद्यार्थीहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो।

विश्वव्यापी शैक्षिक उत्कृष्टतालाई बढावा दिने टिबिसीको यस प्रयासमा १६ जना विद्यार्थीहरूले ‘इन्टरनेट अफ थिङ्ग्स’जस्ता नविन परियोजनाहरूमा संलग्न हुने मौका पाएका थिए।

डा। पुनेह बघेरी जादेह, ब्रिटिस कलेजका हेड अफ द स्कुल अफ कम्प्युटिङ रोहितराज पाण्डे लगायतका प्रोग्राम लिडरहरूको सहभागितामा कार्यक्रमहरू भएका छन्।
नेपालको अनुपम भूगोल र मौषमी अवस्थाको लागि तयार पारिएका आर्टिफिसियल इन्टिलिजेन्स ९एआई० परियोजनामार्फत् विद्यार्थीले आफ्नो विश्वव्यापी परिप्रेक्ष्यलाई फराकिलो बनाउने तथा अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्ने मौका पाएका कलेजको भनाइ छ।

विशेष खालको भुगोल र जलवायु अनुकुल बनाइएको एआई परियोजनाबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिन्न खालको संस्कृतिमा प्रवेश गर्ने अवसर पाए। सुमधुर अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनुका साथै विश्वसम्बन्धी दृष्टिकोण विस्तार गर्ने अवसरहरू समेत विद्याथीहरूले पाएका बताइएको छ।

कार्यक्रममा मुख्यतः एलबियुका प्रतिनिधिहरूले टिबिसीका विद्यार्थीहरूसँग कम्प्युटिङ स्टडिजको बारेमा छलफल, फ्याकल्टीहरूबीच अनुसन्धानबारे विचारको आदानप्रदान, आगामी दिनमा एलबियु र टिबिसीबीच हुनसक्ने सम्भावित सहकार्य र उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी कम्प्युटिङ पाठ्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको थियो।