अमेरिकी डलरको मूल्य चार दिनदेखि स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

Image
A photo illustration show the US Dollars in Buenos Aires, Argentina, on October 16, 2019. (Photo illustration by Carol Smiljan/NurPhoto)

सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

गत शुक्रबारदेखि एकको खरिददर १३३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७५ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ १० पैसा र बिक्रीमा १६८ रूपैयाँ ८६ पैसा पाइन्छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८७ रूपैयाँ २३ पैसा तोकिएको छ।

त्यसैगरी, सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ १८ पैसा र बिक्रीमा २८ रूपैयाँ ३१ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ७८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७७ पैसा तोकिएको छ।