१४ वटा व्यापारिक नाका खोल्न चीन सकारात्मक : परराष्ट्र मन्त्री

Image
उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौँ, १९ चैतः उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी गराउँदै । तस्बिर नवीन पौडेल/रासस

काठमाडौं। नेपाल र चीन जोडिएका १४ वटा व्यापारिक नाका खोल्न चीन सकारात्मक रहेको छ। ९ दिने चीन भ्रमण सकेर सोमबार नेपाल फर्केका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले १४ वटा परम्परागत व्यापार नाका खोल्न चीन सकारात्मक रहेको बताएका हुन्। कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीचका १४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न चिनियाँ पक्ष तयार मन्त्री श्रेष्ठले बताए।

चीन भ्रमण सकेर स्वदेश फर्किएका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग व्यापारिक चिनियाँ खोल्नेबारे जानकारी गराए। रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका उनले बताए।

आफूले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशिघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको उनको भनाइ थियो। यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा रहेको उनले बताए।