नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत र मूल्यवृद्धि ६.७ प्रतिशत : विश्व बैंक

Image

काठमाडौं। विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३।३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। मंगलबार विश्व बैंकले मंगलबार साउथ एसिया डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धि ३।३ प्रतिशत हुने प्रक्षेपण गरेको हो। गत वर्ष २०२३ मा आर्थिक वृद्धि २।२ प्रतिशत रहेको विश्व बैंकले जानकारी दिएको छ।

विश्व बैंकले यसअघि नेपालको आर्थिक वृद्धि ३।९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। विश्व बैंकका अनुसार अर्को वर्ष भने ४।६ प्रतिशत आर्थिक वृद्धि हुनेछ। सरकारले वर्ष २०२३र२४ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिए पनि केन्द्रिय तथ्यांक कार्यालयबाट आधिकारिक तथ्यांक आइसकेको छैन। यसअघि एसियाली विकास बैंकले ४।३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गर्दै आएको छ।

विश्व बैंककाअनुसार सबैभन्दा कम वृद्धि कृषि क्षेत्रमा देखिएको छ भने बढी वृद्धि सेवा क्षेत्रमा छ। कृषिको वृद्धिदर २।२ प्रतिशत रहँदा औद्योगिक क्षेत्रको वृद्धिदर २।९ र सेवा क्षेत्रको ४ प्रतिशत छ। सेवा क्षेत्रको उच्च वृद्धिले समग्र अर्थतन्त्रमा वृद्धि भएको विश्व बैंकको भनाइ छ।

त्यसैगरी वर्ष २०२४ मा मूल्य वृद्धि ६।७ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकको छ। तर, आगामी २ वर्ष भने मूल्य वृद्धिदर क्रमशः घट्दै जाने ठम्याईमा विश्व बैंक छ। आगामी वर्ष ९२०२५० मा ६ प्रतिशत र २०२६ मा ५।५ प्रतिशतमा सीमित रहनेछ।

गत जनवरी ९पुस०मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३।९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो। अहिले त्यसलाई घटाएको हो। गत आव २०७९र८० मा नेपालको आर्थिक वृद्धि मात्र २।२ प्रतिशत थियो। आगामी आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४।६ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ। चालू खाता यो वर्षका साथै आगामी दुई वर्ष पनि नाफामै रहने प्रक्षेपण विश्व बैंकको छ।