५ दिनदेखि यथावत् अमेरिकी डलरको साटफेर दर

Image
A photo illustration show the US Dollars in Buenos Aires, Argentina, on October 16, 2019. (Photo illustration by Carol Smiljan/NurPhoto)

काठमाडौं। नेपली बजारमा अमेरिकी डलरको सटही दर यथावत् रहेको छ। गत शुक्रबारदेखि नेपाली बजारमा अमेरिकी डलरको मूल्य यथावत् रहेको हो। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको सटही दरअनुसार अमेरिकी डलर १ को नेपाली खरिद दर १३३ रुपैयाँ १५ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ।

गत शुक्रबारयता अमेरिकी डलरको कारोबार सोही दरमा भइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ। मंगलबार युरो १ को नेपाली खरिद दर १४३ रुपैयाँ ५८ पैसा तथा बिक्री दर १४४ रुपैयाँ २३ पैसा तोकिएको छ। त्यस्तै पाउन्ड स्टर्लिङ १ को नेपाली खरिद १६७ रुपैयाँ ९६ पैसा तथा बिक्री १६८ रुपैयाँ ७१ पैसा तोकिएको छ।

ex-1712022609.JPG