पानी परेपछि पोखरा उडान नियमित

Image

कम भिजिबिलीटिका कारण विगत ११ दिनदेखि प्रभावित भएको पोखराका उडानहरू आज (सोमबार) बिहानबाट नियमित भएको छ।

धूलो र धुँवाको कारण उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा उडानहरू अवरूद्ध भएका थिए।

गत राति पानी परेर मौसममा सुधार आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको हो।

दैनिक हजारौँ यात्रुहरू आवतजावत हुने पर्यटकीय गन्तव्य पोखराको उडानहरू रद्द हुँदा विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रु अलपत्र परेका थिए।