पुँजी निर्माण गर्ने सामानको आयात बढ्यो

Image

केही समय अघिसम्म आयात हुने सामानमा मूल्य वृद्धि गराउने सामानको हिस्सा बढिरहेकोमा पछिल्लो समय पुँजी निर्माण गराउने सामानको आयात बढ्न थालेको छ।

आयातको संरचनामा क्रमिक सुधार हुँदै गएको राष्ट्र बैंकको चालु आर्थिक वर्षको १० महिना ९साउनदेखि वैशाखसम्म० को तथ्यांकले देखाएको हो।

गत आर्थिक वर्षअन्त्यमा स्थिर पुँजी निर्माण गर्ने खालका समग्रीको हिस्सा ८।४ प्रतिशतबाट बढेर ९।३ प्रतिशत पुगेको छ।

यस्ता सामग्रीको आयात ७।८ प्रतिशतले बढेर एक खर्ब २१ अर्ब रूपैयाँ पुगेको छ। यो अवधिमा कुल आयात १३ खर्ब ३ अर्ब भएको छ। त्यसैले यो हिस्सा अझै सानो नै छ।

त्यस्तै, गत आर्थिक वर्षअन्त्यमा कुल आयातमा सोझै उपभोग हुने वस्तुको आयात ३८।३ प्रतिशत हाराहारी रहेकोमा यो १० महिनामा बढेर ४१।८ प्रतिशत पुगेको छ। यस्तो सामानको आयात ६।२ प्रतिशतले बढेर पाँच खर्ब ४४ अर्ब रूपैयाँ बराबर भएको छ।

विशेष गरी सोझै उपभोग गर्न सकिने टेक्सटाइल, जुत्ता, गहना, छाला पहिरन समग्री, यातायात, स्वास्थ्य, शिक्षा लगायतका सामग्रीको आयात बढेको हो।

सोझै उपभोग गर्न सक्ने वस्तुको आयातमा भइरहेको वृद्धिले मुलुकमा उत्पादनमूलक क्षेत्रमा संकुचन आइरहेको संकेत गर्ने विश्लेषकहरू बताउँछन्।

यो अवधिमा मूल्य अभिवृद्धि गर्ने सामानको हिस्सा भने घट्दै गएको छ।

गत आर्थिक वर्ष अन्त्यसम्ममा ५३।३ प्रतिशत रहेको यस्ता वस्तुको हिस्सा घटेर ४८।९ प्रतिशत भएको छ।

यस्तो सामानको आयात १०।२ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्बमा सीमित भएको छ। यसले कच्चा पदार्थ ल्याएर यही उत्पादन गर्ने उद्योगहरूको गतिविधि बढ्न नसकेको देखाउँछ।