नागरिक लगानी कोषले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति?

Image

नागरिक लगानी कोषले २०७९र८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको आज ९शुक्रबार० बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ।७३६८ प्रतिशत नगद दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष भने कम्पनीले २५ प्रतिशत बोनस सेयर र १।३२ प्रतिशत नगद गरी कुल २६।३१ प्रतिशत लाभांश दिएको थियो।

गत वर्षको तुलनामा कम्पनीको लाभांश दर घटेको छ।