आरजु राइस मिलले ुचैते ५ु धान खरिद सुरू गरेको छ।
किसानहरूले चैते धानको अपेक्षित लाभ उठाउन नसकेको गुनासो गरिरहेको अवस्थामा आरजुले चैते धान किन्न थालेको हो।
पूर्वी नेपाल मोरङ, झापाका किसानले धानको मूल्य नपाएको गुनासो गरिरहेको अवस्थामा आफूहरूले खरिद प्रक्रिया अघि बढाएको आरजु मिलले जनाएको छ।
स्थानीयस्तरका व्यापारीहरू धानको मूल्य निकै तल झार्न धान खरिद ठप्प पारेको किसानहरूको गुनासो छ।
आरजु राइस मिलले प्रति मन एक हजार मूल्यका दरले धान खरिद गरिरहेको छ।
आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने, ुहामी सदैव किसानका पक्षमा छौं।ु
उनले किसानलाई निर्वाहमुखीबाट व्यवसायीकरणतर्फ डोर्याउन प्रतिबद्ध रहेको बताए।
नेपाल सरकारले १८ प्रतिशत चिस्यानको मात्रामा प्रति क्विन्टल २५०० मूल्य तोकेको छ। तर आरजु राइस मिलले चिस्यानको २५ प्रतिशत कायम गरी २५०० रूपैयाँ नै मूल्य राखेको छ।










