चैतसम्म भाखा नाघेको ऋण असारभित्रै भुक्तानी गरे ऋणीलाई एनआईसी एसियाले ब्याजमा छुट दिने

Image

एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जा असारभित्र तिर्ने ऋणीलाई छुट सुविधाको अफर ल्याएको छ। बैंकले चैतसम्म भाखा नाघेका कर्जाको हकमा यस्तो सुविधा ल्याएको हो। यसअनुसार ऋणीले असारभित्रै कर्जा भुक्तानी गरेमा जरिवाना तथा हर्जना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याजमा भाखा नाघेको समयावधिअनुसार छुट पाउनेछन्।

बैंकका अनुसार भाखा नाघेको ९१ दिनदेखि १८० दिन भएको कर्जामा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन बितिसकेको कर्जामा २५ प्रतिशत र ३६५ भन्दा बढी दिन बितिसकेको कर्जामा ३५ प्रतिशत साधारण ब्याज रकममा छुट पाउनेछन्।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यो योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले उल्लेख गरेको छ।