एकभन्दा बढी सहकारीमा सञ्चालक हुन नपाइने, ३० दिनभित्र एउटामा मात्रै रहन निर्देशन

Image

एकै व्यक्ति एकभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। सहकारी विभागले एक व्यक्ति एकै समयमा एक मात्र सहकारीको सञ्चालक हुनुपर्ने व्यवस्था गरेको हो।

बुधबार निर्देशन जारी गर्दै विभागले दुई वा दुईभन्दा बढी सहकारीमा सञ्चालक रहेका व्यक्तिले ३० दिनभित्र एउटामा मात्रै रहनुपर्ने निर्देशन दिएको छ।

३० दिनभित्रमा पनि एकै समयमा एकै व्यक्ति दुई फरक सहकारीमा सञ्चालक रहेको पाइएमा कारबाही गर्ने विभागले जनाएको छ।