हामी सबै अर्थतन्त्रको एउटै डुंगामा छौं, सहज अवतरण गराऊ: महासंघ अध्यक्ष ढकाल

Image

करिब दुई वर्षदेखि अर्थतन्त्रमा शिथिलता आएकोले अब यसलाई गतिशिलता दिन ढिला भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताएका छन्।

महासंघले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा सुझाव दिने उद्देश्यले आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अहिले मुलुकमा थुप्रिएको वैदेशिक मुद्राको सञ्चितिले पनि आर्थिक गतिविधि सुस्ताएको संकेत गरेको उनले बताएत्यसैले, अर्थतन्त्रलाई गति दिन राष्ट्र बैंकलाई सक्दो लचिलो नीति लिन पनि उनले सुझाव दिएका छन्।

नियामक, बैंकिङ क्षेत्र र व्यवसायी सबै हामी अर्थतन्त्रको एउटै डुंगामा छौं, ढकालले भने, त्यसैले सहज अवतरणको लागि राष्ट्र बैंकले गर्न सकिने लचकता अपनाऊ।अब पनि अर्थतन्त्र सुधारमा ढिलाई भएमा यसले व्यवसायीमा थप निराशा छाउने र अर्थतन्त्रमा थप समस्या आउने बताए।