आज यी नौ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

Image

मंगलबार नेप्से ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा बन्द भएको छ।

नेप्से परिसूचक २७ सय विन्दु नजिक आइपुग्दा नौ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत र नेपाल वेयर हाउजिङको मूल्य १० प्रतिशतका दरले बढेको छ भने सिइडिबी हाइड्रोपावर र नेपाल फाइनान्सको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।

यस्तै, मध्य भोटेकोशी हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको मूल्य ९.८३ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको मूल्य ९.८० प्रतिशतले बढेको छ।

यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।

प्रोगे्रशिभ फाइनान्सको प्रतिकित्ता मूल्य ५४३ रूपैयाँ ४० पैसा, बरुण हाइड्रोपावरको ३९७ रूपैयाँ १० पैसा, सान्जेन जलविद्युतको ३६७ रूपैयाँ ४० पैसा, नेपाल वेयर हाउजिङको मूल्य एक हजार १२९ रूपैयाँ ७० पैसा कायम भएको छ।

सिइडिबी हाइड्रोपावरको प्रतिकित्ता मूल्य एक हजार ६४९ रूपैयाँ ७० पैसा र नेपाल फाइनान्सको प्रतिकित्ता मूल्य एक हजार ७९१ रूपैयाँ ७० पैसा कायम भएको छ।

यस्तै, मध्य भोटेकोशी हाइड्रोपावरको सेयर मूल्य ३८३ रूपैयाँ ४० पैसा, हाथवे इन्भेस्टमेन्टको प्रतिकित्ता मूल्य एक हजार ५७९ रूपैयाँ ६० पैसा र मुक्तिनाथ कृषि कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६२३ रूपैयाँ ९० पैसा पुगेको छ।