नेपाल बिमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूलाई दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ।
अहिले १४ बिमा कम्पनीहरूले यस्तो चुक्ता पुँजी पुर्याउन बाँकी छ। यी कम्पनीहरूले न्यूनतम ३६ करोड रुपैयाँदेखि चार अर्ब ९० करोड रुपैयाँ पुँजी थप्नुपर्ने देखिएको हो।
कम्पनीहरूले बोनस सेयर, हकप्रद सेयर वा थप सेयर निष्कासन (एफपीओ) गरेर पुँजी पुर्याउन पर्ने हुन्छ। कम्पनीहरूले अहिले भइरहेको पुँजीमा करिब आठ प्रतिशतदेखि ४९ गुणासम्म पुँजी थप्नुपर्ने छ।
सरकारी लगानीसमेत रहेका राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको पुँजी गुणात्मक बढाउनुपर्ने देखिएको हो।
अन्य केही निजी कम्पनीसँग सेयर प्रिमियमको रूपमा रकम समेत छ। पुँजी पुर्याउन बाँकी कम्पनीले नै यस्तो रकमबाट ३९ प्रतिशतसम्म रकम दिन सक्छन्। सेयर प्रिमियममा रहेको रकम बोनस सेयर दिन नै प्रयोग हुन्छ।
गत पुसमा लेखा समितिको वैठकले बिमा कम्पनीहरूको प्रिमियम रकममा प्रश्न उठाएपछि बिमा प्राधिकरणले तत्काललाई यो रकम सञ्चितिमा राख्न निर्देशन दिएको छ।
यही कारण कम्पनीहरूले या त आफ्नो नाफाबाट आउने रकमको आधारमा बोनस सेयर दिनुपर्ने हुन्छ वा हकप्रद ल्याएर पुँजी पुर्याउन पर्ने हुन्छ।
प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कम्पनीहरू पुँजी पुर्याउन हकप्रद जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको बताएका छन्।
धितोपत्र बोर्डमा हाल एनएलजी इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ, नेको इन्स्योरेन्स, एशियन लाइफ, प्रभु इन्स्योरेन्स, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स हकप्रदको अनुमति माग्दै प्रक्रियामा छन्।
| कम्पनी रकम करोडमा | हालको चुक्ता पुँजी | आवश्यक पुँजी | आवश्यक पुँजी % | प्रिमयमबाट दिन सकिने प्रिमियम % |
| राष्ट्रिय जीवन बिमा कम्पनी | ९.९५ | ४९० | ४९ गुणा | |
| लाइफ इन्स्योरेन्स कर्पोरेशन | २६५ | २३५ | ८८.६७ | २.३ |
| एशियन लाइफ इन्स्योरेन्स | ३३९ | १६१ | ४७.४९ | |
| रिलायबल लाइफ इन्स्योरेन्स | ४६४ | ३६ | ७.७५ | ३७.७ |
| सनलाइफ इन्स्योरेन्स | ३९६ | १०४ | २६.२६ | ३१.८ |
| सिटिजन्स लाइफ इन्स्योरेन्स | ३९३ | १०७ | २७.२२ | ३९.४ |
| सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स | ४१८ | ८२ | १९.६१ | |
| प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स | ४२९ | ७१ | १६.५५ | |
| नेपाल लाइफ कम्पनी | १६३ | ८७ | ५३.३७ | |
| नेको इन्स्योरेन्स | २०१ | ४९ | २४.३७ | |
| राष्ट्रिय बीमा कम्पनी | २६ | २२४ | ८ गुणा | |
| प्रभु इन्स्योरेन्स | १४४ | १०६ | ७३.६१ | |
| सानिमा जनरल इन्स्योरेन्स | २०० | ५० | २५.०० | |
| युनाइटेड अजोड इन्स्योन्स | २१० | ४० | १९.०४ |










