हकप्रद शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा युनाइटेड अजोडको निवेदन

Image

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड९सेबोन०मा निवदेन दिएको छ।

कम्पनीले असोज ४ गते सेबोनमा हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणको निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन भनेको छ ।