आज शेयर कारोबार बन्द हुने भएको छ। मन्त्रिपरिषदले आज सार्वजनिक विदा दिने निर्णय गरेकाले शेयर कारोबार बन्द हुने भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जनाएका छन्।
आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय सम्मान दिने निर्णय गर्दै आज सार्वजानिक विदा दिने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङकाअनुसार प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ भने आज सार्वजनिक विदा दिईने छ।
उनकाअनुसार यस दुखद घडीमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाईने छ।









