वार्तापछि नियमित उडानमा फर्किए निगमका पाइलट

Image
kfls{ª u/L /flvPsf ljdfg sf7df8f}F !* h]7 M lqe'jg cGt//fli6«o ljdfg:yndf kfls{ª u/L /flvPsf ljdfg . …sf]le8– !(Ú sf] /f]syfd tyf /f]syfdsf nflu ;/sf/n] nufPsf] ns8fpgsf sf/0f rf6{8{ tyf /]:So' p8fgafx]s cGo p8fg aGb /x]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का पाइलटहरू नियमित उडानमा फर्किएका छन्।

गत बिहीबारदेखि सेवा सुविधाको माग गर्दै उनीहरू ुबिरामी परेकोु वा ुअपर्झट भैपरी काम आइपरेकोु जनाउँदै हड्तालमा थिए।

जसकारण निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको थियो। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालयमा पाइलटहरूसँग वार्ता गरेका हुन्। जसमा आन्दोलनरत पाँच जना पाइलट उपस्थित थिए।

उक्त वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए।

उनकाअनुसार सेवासुविधाका बारेमा निगमका पाइलटहरूले उठाएका विषयलाई वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएपछि पाइलटहरू काममा फर्किएका छन्।
उच्च व्यवसायिक दक्षता भएका कर्मचारीको सम्मानजनक र वैज्ञानिक आधारमा तलब सुविधा समायोजन गर्ने तर उनीहरूले कुनै पनि परिस्थितिमा उडान सेवा अवरुद्ध नगर्ने भन्नेबारे निर्णय भएको छ,ु प्रवक्ता लामिछानेले भने।

यसका लागि मन्त्रालयले निगम र अर्थमन्त्रालयसँग सम्वन्य गरेर निगमका उच्च व्यवसायिक दक्षताका वरिष्ठ क्याप्टेनको समयानुकुल र वैधानिक आधारमा सेवासुविधा समायोजन र वृद्धि गर्ने समेत उनले बताए।

छलफलमा मन्त्रालयका तर्फबाट पर्यटन सचिव गणेश पाण्डे, सहसचिव रामकृष्ण लामिछाने, अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल लगायत सहभागी थिए।