दूरसञ्चार प्राधिकरणद्वारा डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स खारेज

Image

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक डल्फिन नेट कम्युनिकेसन प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। प्राधिकरणका अनुसार डल्फिन नेट कम्युनिकेसनले तोकिएको समयसीमा भित्र लाइसेन्स नवीकरण नगरेको कारण यसको लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो।

प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र सरकार र प्राधिकरणको बाँकी रकम तिर्ने सिलसिलामा कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ। अन्यथा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।