भूकम्पमा परी चीनमा कम्तीमा ५३ जनाको मृत्यु, ६२ घाइते

Image
(250107) -- XIGAZE, Jan. 7, 2025 (Xinhua) -- Damaged houses are pictured after an earthquake in Tonglai Village, Changsuo Township of Dingri in Xigaze, southwest China's Xizang Autonomous Region, Jan. 7, 2025. Casualties were reported after a 6.8-magnitude earthquake jolted Dingri County in the city of Xigaze in Xizang Autonomous Region at 9:05 a.m. Tuesday (Beijing Time). The epicenter was monitored at 28.5 degrees north latitude and 87.45 degrees east longitude. The quake struck at a depth of 10 km, according to a report issued by the China Earthquake Networks Center. (Xinhua)

आज बिहान चीनको स्वायत्त क्षेत्र तिब्बतमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ । चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा परी ६२ जना घाइते भएका छन् ।

चिनिया सञ्चारमाध्यमहरूले भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड भएको उल्लेख गरेका छन् । तर, नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भूकम्पले प्रभावित क्षेत्रहरूमा घरहरू भत्किएको जनाएको छ । मानिसहरू भग्नावशेषभित्र च्यापिएको आशंकामा खोज तथा उद्धार कार्य तीव्र पारिएको त्यहाँको विपत् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सका अनुसार, भूकम्प गएको १५ मिनेटभित्र दमकलसहित ७५ जना तालिमप्राप्त उद्धारकर्मी भूकम्प प्रभावित क्षेत्रतिर अघि बढेका थिए ।

अहिले त्यहाँ उद्धारकार्य चलिरहेको छ । प्रभावित क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।