६.५३ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोडको कारोबार

Image

नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से बुधबार ६.५३ अंकले बढेर २६५३.३८ अंकमा बन्द भएको छ।

दिनभर सामान्य उतारचढाव मात्रै देखिएको बजारमा एकलअंकमा मात्रै बृद्धि देखिएको हो।

मंगलबार पनि नेप्से ६.६१ अंकले बढेको थियो भने कारोबार ५ अर्ब ३८ करोड रुपैयाँ भएकोमा बुधबार कारोबार १ अर्ब २ करोड बढि कारोबार भएको हो। बुधबार कुल ६ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

यो दिन कारोबारमा आएका ३०५ कम्पनीको सेयरमध्ये १३९ कम्पनीको सेयरमूल्य बढ्दा ९५ कम्पनीको घटेको छ। जसमा समृद्धि फाइनान्सको मूल्यमा सकारात्मक सर्किट लाग्दा सिन्धु डेभलपमेन्ट बैंक, चिरख्वा हाइड्रो,सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतले बढेको छ।

यता घट्नेमा भने आज सामुदायिक लघुवित्त अगाडि छ यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्दा बाराही हाइड्रोको ९।६९ प्रतिशतले मूल्य घटेको हो।

कारोबारमा भने आज न्यादी हाइड्रो अगाडि छ यो कम्पनीको २२ करोडको कारोबार हुँदा सिन्धु बिकास बैंकको १९ करोडको काराबार भएको छ।