हुस्सुका कारण बुटवल–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

Image
a'6jn,@$ k';M a'6jndf nfu]sf] afSnf] x':;' a'6jnsf] c:ktfn nfOgdf a'waf/ nfu]sf] afSnf] x':;' . oxfF s]xL lbgb]lv a9]sf] lr;f]/ t';f/f]sf sf/0f hghLjgdf k|efljt ag]sf] 5 . tl:a/M;'ldqf rfkfufO{÷/f;;

बाक्लो हुस्सुका कारण  पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।

हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज बिहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।