निर्यात तथ्यांक यथार्थ भएन: प्रधानमन्त्री ओली

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपालबाट हुने निर्यात सम्बन्धी तथ्यांक यथार्थ नभएको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्सपो २०२५ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले व्यवसायीहरूले आयातित वस्तु नै निर्यात गरेर व्यापार निर्यातको तथ्यांक देखाइरहनुको केही अर्थ नभएको बताएका छन्। उनले यो तथ्यांक हेरेर रमाउनु जरूरी नभएको समेत बताएका छन्।

नेपालमा बजारको समस्या नरहेकोले उत्पादन बढाउनु पर्ने र अहिले बनेका व्यापारिक सञ्जाल तथा पूर्वाधारको प्रयोग गर्न सकिने बताए।

२०८१ साउन महिनादेखि यता करिब एक खर्ब (९८ अर्ब ७९ करोड) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। आयातको अनुपातमा निकै कम निर्यात हुने गरे पनि पछिल्लो तीन महिनादेखि निर्यातमा उच्च वृद्धि छ।