६ महिनापछि सेयरबजार २८ सय विन्दुमा

Image

सेयरबजारले ६ महिनापछि २७ सयको विन्दु पार गरेको छ। गत भदौ १९ गते सेयरबजार २८६१ विन्दुसम्म पुगेको थियो । आज ४९.१५ अंकले नेप्से बढेपछि बजार फेरि २८१५.०४ विन्दुमा फर्किएको हो । योसँगै कारोबार रकम पनि ११ अर्ब नाघेको छ। २ करोड ६१ लाख कित्ता सेयर बिक्रीपछि ११ अर्ब ३९ करोडको कारोबार भएको हो ।

१८६ वटा सेयर बढेको दिन बजारमा ५२ वटाको मूल्य घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ । यस दिन गार्डियन माइक्रो लाइफ र अपरहेवाखोलाको सेयरले सकारात्मक सर्किट हान्दा सिन्धु विकास बैंक, दोर्दीखोला र लिबर्टी इनर्जीको पनि ९ प्रतिशत बढीले मूल्य बढेको छ ।

तर भूगोल इनर्जी, उपकार लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् । आज पनि हिमालयन रिइन्स्योरेन्सको कारोबार सर्वाधिक छ । कम्पनीको ९६ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमाको ७६ करोड र एनआरएनको ४६ करोडको किनबेच भएको छ ।

आज सबै उपसूचकहरु हरियो छन्।