लगातार दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

Image

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

अघिल्लो दिन अर्थात् मंगलबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो।

मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला आठ सय रूपैयाँ बढी हो।

यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।