सेञ्चुरी बैंकले ६ दशमलव ५ प्रतिशत लाभांश दिने

सेञ्चुरी बैंक लिमिटेडले ६ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने १६ करोड ५० लाख ९ हजार २४७ रुपैयाँ बोनस शेयर र ४ दशमलव ५ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ७० हजार ८०५ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय भएको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात मात्र लाभांश दिने निर्णय भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.