हेर्नुहोस् यस्तो छ हुन्डाईको विद्युतीय गाडी ‘आयोनिक’

हुण्डाई गाडीको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘आयोनिक’ सार्वजनिक गरेको छ। कम्पनीले यसको बुकिङ समेत खुला गरेको छ। कम्पनीले यसको मूल्य ५२ लाख ९६ हजार निर्धारण गरेको छ।

यसमा २८ किलोवाटको ब्याट्री भएको र फुल चार्जमा २२० देखि २५० किलोमिटर चल्न सक्ने कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) दीपक थपलियाले दावी गरे। नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्रण प्रदान गर्दछ। यो ईलेक्ट्रीक गाडीको लुक्स उत्कृष्ट देखिन्छ।

यसमा तीन प्रकारका चार्जर रहेका छन्। घरमा राख्ने ‘अन बोर्ड चार्जर’ले १० देखि १२ घण्टामा फुल चार्ज हुने, नर्मल एसी चार्जरले ४ घण्टा फुलचार्ज हुने र फास्ट डिसी चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ। गाडीको रनिङ कस्ट प्रति किलोमिटरको १ रुपैयाँ ५० पैसा पर्ने थपलियाको दावी छ। यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी रहेको छ।

यसमा रहेको अटोनोमस ब्रेकिङ सिस्टमले ठक्कर लाग्न लागे सुचना दिने र आफै रोकिने कम्पनीले जनाएको छ। ५ सिट क्षमता भएको यो गाडीले १६९ एनएम टर्क दिन्छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.