ज्योती विकास बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स

ज्योती विकास बैंक लि. र अजोड इन्स्योरेन्स लि. बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ ।

सहमती पत्रमा ज्योती विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार ज्योती विकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरुप्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.