अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ ।

जिल्ला अदालत, काठमाडौंले सिंहविरुद्ध अनुसन्धानका लागि थप समय हिरासतमा राख्न अनुमति प्राप्त गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले पाँचै दिन सिंहलाई हिरासतमा भने नराखिने बताएका छन् । उनले भने, ‘अदालतमा जाने दफामा पनि जाहेरी आएको थियो, चारवटा मुद्दा भएकाले सबै अनुसन्धान सक्न समय लागेको हो ।’

उनले बिहीबार सिंहको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा जाने बताए । यसअघि अपूर्वका परिवार र नेवाः समुदायका अभियन्ताबीच छलफल भएर क्षमापत्र लेखाएर उनलाई छुटाउने प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.