अमेरिकी डलरको भाउ घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा घटेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ७१ पैसा र बिक्रीमा १६९ रूपैयाँ ४७ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ६५ पैसा र बिक्रीमा १६९ रूपैयाँ ४१ पैसा तोकिएको थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ४० पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ५४ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २८ पैसा र बिक्रीमा २८ रूपैयाँ ४१ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४२ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ३७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०५ पैसा तोकिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.