अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। शुक्रबार डलर हालसम्मकै महँगो भएको छ।

शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १५ पैसा तोकिएको छ।

यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत जेठ ३० गते डलरको भाउ १३४ रूपैयाँ ०१ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य १४ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ २८ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७० रूपैयाँ २४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ १२ पैसा र बिक्रीमा ८९ रूपैयाँ ५२ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३६ रूपैयाँ ६० पैसा र बिक्रीदर ३६ रूपैयाँ ७६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३५ पैसा र बिक्रीमा २८ रूपैयाँ ४८ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ५१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८८ पैसा तोकिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.