अमेरिकी डलरको मूल्य स्थिर हुँदा बढ्यो युरो, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

आइतबार एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ६० पैसा र बिक्रीदर १४३ रूपैयाँ २४ पैसा तोकिएको छ।

आइतबार युरो एकको खरिददर १४२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रूपैयाँ १५ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ६५ पैसा र बिक्रीमा १६९ रूपैयाँ ४१ पैसा पाइन्छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९६ पैसा तोकिएको छ।

त्यसैगरी, सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८१ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ३० पैसा र बिक्रीमा २८ रूपैयाँ ४२ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ५४ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ४९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३३ पैसा तोकिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.