अर्थ मन्त्रालयले जम्मा गर्‍यो विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ

अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । मङ्गलबार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो ।

गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्‍याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ । विपद् जोखिम कोषमा व्यावसायिक तथा सामाजिक संघसस्था, विदेशमा रहेका नेपाली, बैंक तथा वित्तीय संस्थाले समेत रकम जम्मा गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.