अल्फा हाउसको भुईं तल्ला खाली गराउन बालेन बानेश्वर पुगे

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गरेको छ । नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चचालन गरेको ठहर गरेको हो ।

बिहान मेयर बालेन र अल्फा हाउसका घरधनीबीच नक्सा र भुईं तल्लाको प्रयोगबारे विवाद भएको थियो । बालेनले घरधनीसँग नक्सा मागेका थिए, तर घरधनीले महानगरमै भएको जवाफ दिएपछि बालेन जंगिएका थिए ।
अहिले बालेन नेतृत्वको टोली अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले सञ्चालन गरिएका पसल हटाउन पुुगेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.