असारसम्म देशभर ६८ प्रतिशत बढी धान रोपाइँ सकियो

असारसम्म देशभर ६८.६ प्रतिशत धान रोपाइँ सकिएको छ।

गत वर्षको तुलनामा यो २१ प्रतिशतले बढी हो। गत वर्ष असारसम्म देशभर ५६.५ प्रतिशत धान रोपाइँ सकिएको थियो।

समयमै पानी परेको हुनाले असारमै गत वर्षभन्दा बढी धान रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए।

ुगत वर्ष पानी कम परेको थियो। अहिले समयमै पानी परेकाले किसानले छिटै धान रोपे,ु उनले भने।

हालसम्म सबभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ। उक्त प्रदेशमा असारसम्म ९५ प्रतिशत धान रोपाइँ सकिसकेको छ। त्यस्तै, कर्णाली प्रदेशमा पनि असारसम्म ८६.२ प्रतिशत धान रोपाइँ सकिसकेको छ।
तुलनात्मक रूपमा धान लगाउने क्षेत्रफल कम हुने र जेठबाटै धान रोप्न सुरू गरिने भएकाले यी प्रदेशमा धेरै रोपाइँ सकिएको मन्त्रालयले बताएको छ।

त्यस्तै, लुम्बिनीमा ६६.७, गण्डकी ६७.४, बागमती ६९.२, मधेश ६१.५ र कोशीमा ६१.७ प्रतिशत धान रोपाइँ भएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.