नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १६३ तथा एन्टिजेन विधिबाट १६१ जनामा गरी ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।