आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ नामक योजनाका लागि लाभांश घोषणा गरिएको हो ।
योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०\८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आरविवि म्युचुअल फण्ड १ का लागि ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का लागि ८.९४ प्रतिशत लागि पनि ९.५० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनका लागि आगामी भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ भदौ ३० गतेसम्म कायम इकाईधनीहरु मात्रै लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.