एकैदिन दुई हजारले बढेर सुनको मूल्य बनायो फेरि नयाँ रेकर्ड

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज प्रतितोला दुई हजारले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि मंगलबार सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.